काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.५३ अंकले घटेर २६४४.७० विन्दुमा पुगेको छ। बजारमा आज ३२४ कम्पनीको १ करोड ८ लाख १० हजार १०६ कित्ता सेयर कारोबार हुँदै ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार रुपैयाँ बराबरको किनबेच भएको नेप्सेले जनाएको छ।
आज १ सय २५ कम्पनीको मूल्य बढ्दा, १ सय १९ कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनी स्थिर रहे। कारोबारका हिसाबले मंगलबार युनिएन हाइड्रोपावर शीर्षमा रह्यो। कम्पनीको ३१ करोड ८१ लाख रुपैयाँभन्दा बढी बराबरको सेयर किनबेच भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ४९६.८० रुपैयाँ रहेको नेप्सेले जनाएको छ।
बजार परिसूचक सामान्य रूपमा घटे पनि आज ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, आज ग्रिन डिभेन्चरको सेयर ९.८५ प्रतिशतले घट्ने उच्च नकारात्मक परिवर्तन देखियो ।

