२०८३, आश्विन २० गते

images

चाडपर्वलक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालनमा आउने

चाडपर्वलक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालनमा आउने

बिहिवार, भाद्र २० २०८१०८:२४
बिहिवार, भाद्र २० २०८१०८:२४
  • images

    काठमाडौं । चाडपर्वलक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज ७ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने जनाएको छ ।  सरकारले असोज ७ गतेदेखि फागु पूर्णिमासम्मै छुटसहितको सहुलियत पसल सञ्चालन गर्ने जनाएको छ । 

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हरेक वर्ष चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन गर्दै आएको छ । सरकारले चाडपर्वमा बढी प्रयोग हुने खाद्यान्न सामाग्रीहरु चामल, दाल, तेल, सिमी, गेडागुडी र घिउ र खसीबोका र च्याङ्ग्राहरु समेत बिक्री गर्दै आइरहेको छ । कम्पनीका अनुसार यसवर्षको सहुलियत पसलमा खाद्यान्न परिकारमा प्रतिकेजी ७ रुपैयाँसम्म, खसीबोकामा प्रतिकेजी १० रुपैयाँसम्म र दुग्धजन्य पदार्थमा ७ रुपैयाँसम्म छुट दिनेछ ।  

    सहुलियत पसलमा ग्राहकहरुले सबै प्रकारका चामलमा प्रतिकेजी ५ रुपैयाँ र कर्णालीको रैथाने चामलमा भने ७ रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ । यसका साथै खाने तेलमा प्रतिलिटर ७ रुपैयाँ, दालमा प्रतिकिलो ५ रुपैयाँ, कर्णालीको दाल र सिमीमा प्रति केजी ७ रुपैयाँ, गेडागुडीमा प्रतिकेजी ७ रुपैयाँ, घिउमा प्रतिकेजी ७ रुपैयाँ र चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट दिने कम्पनीले जनाएको छ । साथै यसपटकको दशैंमा कम्पनीले १५ सय खसीबोका, ३०० वटा च्याङ्ग्रा  र ५० क्विन्टल खाद्यान्न सामाग्री बिक्रीमा राख्ने जनाएको छ । कम्पनीका अनुसार सहुलियत पसल देशका विभिन्न ६१ वटा स्थानमा सञ्चालनमा आउनेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend