२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • १५औँ महाधिवेशनमा सभापति लड्ने गगन थापाको...

१५औँ महाधिवेशनमा सभापति लड्ने गगन थापाको घोषणा

१५औँ महाधिवेशनमा सभापति लड्ने गगन थापाको घोषणा

बुधवार, मंसिर १७ २०८२०३:१३
बुधवार, मंसिर १७ २०८२०३:१३
  • images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति लड्ने घोषणा गरेका छन् । महामन्त्री थापाले एक टेलिभिजनका लागि दिएको अन्तर्वार्तामा आफू पार्टीको १५औँ महाधिवेशनमा सभापति लड्ने घोषणा गरेका हुन् ।

    यसअघि नै आगामी महाधिवेशनमा थापा सभापतिमा लड्ने चर्चा चलिरहेको थियो, यद्यपि उनले मुख खोलेका थिएनन् । आगामी महाधिवेशनमा तपाईँ सभापतिमा लड्ने हो ? भन्ने पत्रकारको प्रश्नमा गगनले भनेका छन्, ‘त्यसमा त डाउट नै भएन नि । मलाई यसअघि सोधिएका प्रश्नमा किन भनेको थिइन् भने, अरे बाबा अधिवेशनको डेट नै घोषणा भएको छैन, के भनेर घोषणा गर्ने । अब भन्छु म १५औँ महाधिवेशनको सभापतिको उम्मेदवार हो । मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसंख्यक साथीहरुले १५औँ महाधिवेशनबाट मलाई यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ, विश्वास गर्नुहुन्छ भन्ने विश्वास छ,’ उनले भनेका थिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend