२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • लक्ष्मी सनराइज बैंकले बोलायो साधारणसभा, लाभांश...

लक्ष्मी सनराइज बैंकले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

लक्ष्मी सनराइज बैंकले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

बिहिवार, मंसिर १८ २०८२०२:४५
बिहिवार, मंसिर १८ २०८२०२:४५
  • images

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले पुस १४ मा बस्ने गरी २५औं वार्षिक साधारणसभा आह्वान गरेको छ। साधारणसभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्नेछ।

    साधारणसभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण विशेष प्रस्ताव पारित गर्नेछ।

    साथै, बैंक सञ्चालक समितिको संरचना हेरफेर गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्तिलगायत प्रस्ताव पारित गर्ने एजेन्डा रहेका छन्। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १ मा बुक क्लोज गर्ने भएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend