२०८३, आश्विन १९ गते

images

नेप्सेमा लगातार गिरावट, कारोबार रकम भने बढ्यो

नेप्सेमा लगातार गिरावट, कारोबार रकम भने बढ्यो

आइतवार, मंसिर २१ २०८२०३:५२
आइतवार, मंसिर २१ २०८२०३:५२
  • images

    काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से)मा २३ अंकको गिरावट आएको छ। यसअघि लगातार पाँच कारोबारमा गिरावट आएको थियो। आइतबारको कारोबारपछि नेप्से २६०७ अंकमा पुगेको छ।

    यद्यपि बजारमा गिरावट भए पनि आजको कारोबार रकम बढेको देखिन्छ। अघिल्लो दिन पाँच अर्ब २३ करोड रुपैयाँको कारोबार भएकोमा आज पाँच अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ।

    आज ४६ कम्पनीको मूल्य बढ्दा २०४ कम्पनीको मूल्य घटेको छ भने आठ कम्पनीको मूल्य स्थिर रहको छ। आज स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक र झापा इनर्जीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ।

    विपरीत, बुङ्गल हाइड्रोपावरको शेयर मूल्य ८.५१ प्रतिशत, माबिलुङ इनर्जीको ६.९८ प्रतिशत र मिथिला लघुवित्तको ५.९० प्रतिशतले घटेको छ।

    बजार विश्लेषकहरूले गिरावटको कारण अवलोकन गर्दै आगामी दिनहरूमा लगानीकर्ताले सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend