काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार ३.०२ अंकले घटेर २६०६.६७ बिन्दुमा पुगेको छ। आजको कारोबारमा ३३१ कम्पनीका १ करोड १ लाख ४६ हजार कित्ता शेयर किनबेच हुँदा करिब ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ रकम कारोबार भएको छ।
बजारका ८ उपसूचक घटेका छन्। वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लघुवित्त, इन्भेस्टमेन्ट र म्युचुअल फण्डको सूचकमा गिरावट आएको छ।
आज ९९ कम्पनीको शेयर मूल्य बढेको, १४७ कम्पनीको घटेको र १२ कम्पनीको स्थिर रहेको नेप्सेले जनाएको छ।

