२०८३, आश्विन २० गते

images

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै

मंगलवार, मंसिर २३ २०८२१०:३०
मंगलवार, मंसिर २३ २०८२१०:३०
  • images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा प्रदर्शन गर्न भएको छ ।

    प्रदर्शन काठमाडौंको रत्नपार्कमा मध्यान्ह १२ बजेदेखि हुने पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले आम निर्वाचन अगावै कसैले नजित्ने, कसैले नहार्ने देशले जित्ने नवीन समझदारीका लागि राजा, राजनीतिक दल र जेन्जी लगायतको सर्वपक्षीय सम्मेलनको माग राखेका छन् ।

    अध्यक्ष लिङ्देनले अन्तर जिल्ला तथा विदेशमा बस्ने नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्न, जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग पूरा गराउन जनदबाब सिर्जना गर्न पार्टीद्वारा आयोजित कार्यक्रममा सहभागिताका लागि आह्वान गरेका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend