काठमाडौँ । सरकारले सिँचाइ व्यवस्थापन कम्पनी लिमिटेड स्थापना गर्ने भएको छ । मंसिर २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा उक्त कम्पनी स्थापनाको स्वीकृति दिएको हो ।
यस्तै, मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० रुपैयाँ निर्धारण गर्ने र उखु कृषकलाई अनुदान रकम प्रति क्विन्टल ७० रुपैयाँ कायम गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले नेपाल र मौरिससबीच सम्पन्न दोहोरो करमुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता अन्त्य गर्नेसहितका १८ निर्णय गरेको छ ।

