२०८३, आश्विन २० गते

images

प्रभु बैंकका रेमिट प्रमुख सुजिन शाक्य पक्राउ

प्रभु बैंकका रेमिट प्रमुख सुजिन शाक्य पक्राउ

बुधवार, मंसिर २४ २०८२०६:२६
बुधवार, मंसिर २४ २०८२०६:२६
  • images

    काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकको रेमिट्यान्स विभाग प्रमुख सुगेन शाक्यलाई ललितपुर महानगरपालिका–११ इखाँछेबाट पक्राउ गरेको छ। पक्राउपछि उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु गरिएको छ।

    सीआईबीका अनुसार शाक्यले प्रभु बैंकलाई एक अर्ब रुपैयाँभन्दा बढी आर्थिक हानी पुर्‍याएका छन्। उनले नियमविपरीत ‘प्रभु म्यानेजमेन्ट’ नामक संस्थालाई सुपर एजेन्ट बनाएर रेमिट्यान्स कारोबारका लागि अग्रिम रकम उपलब्ध गराएका थिए। नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत ती रकम आफ्ना स्वार्थ समूहको लागि लामो समयसम्म प्रयोग गरिँदा बैंकलाई झण्डै नौ करोड रुपैयाँ बराबरको क्षति भएको खुलेको छ।

    त्यस्तै, शाक्यले आफ्नो अपराध लुकाउन कर्जा प्रवाह र दुरुपयोगमा संलग्नता देखाएको र यस सम्बन्धमा प्रभु बैंकका सीईओ अशोक शेरचनमाथि समेत बैंकिङ कसूरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend