२०८३, आश्विन १९ गते

images

साताको अन्तिम दिन शेयर बजार सामान्य घट्यो, ३ अर्ब ४९ करोडको कारोबार

साताको अन्तिम दिन शेयर बजार सामान्य घट्यो, ३ अर्ब ४९ करोडको कारोबार

बिहिवार, मंसिर २५ २०८२०३:२६
बिहिवार, मंसिर २५ २०८२०३:२६
  • images

    काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य रूपमा ओरालो लागेको छ। नेप्से परिसूचक १.६६ अंकले घट्दै २६०७.३७ अंकमा बन्द भएको छ।

    आज ३२६ कम्पनीको शेयर किनबेच हुँदै कुल ३ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भयो। कारोबारमै ९८ कम्पनीको मूल्य बढ्दा १४९ कम्पनी घटेको छ।

    सबैभन्दा उच्च कारोबार ङादी ग्रुप पावर लिमिटेडले गरेको छ, जसले मात्र १८ करोड ९७ लाख रुपैयाँको कारोबार हात पारेको छ। त्यसपछि श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले १२ करोड ३५ लाख र सागर डिस्टिलरीले ९ करोड ६५ लाख रुपैयाँको कारोबार गरे।

    लाभार्थीमा स्वस्तिक लघुवित्त शीर्ष स्थानमा रह्यो, जसका लगानीकर्ताले १० प्रतिशत नाफा कमाए। यस्तै, एसवाई प्यानल नेपाल लिमिटेडका लगानीकर्ताले ९.९८ प्रतिशत वृद्धि पाएका छन्।

    उता, सबैभन्दा धेरै गुमाउनेमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड पर्‍यो। यसको इकाई मूल्य ८.४२ प्रतिशतले घटेपछि इकाईधनीहरू प्रभावित बने।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend