२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • अमेरिका भागेको आरोपपछि धुर्मुस सुन्तलीले भनेः...

अमेरिका भागेको आरोपपछि धुर्मुस सुन्तलीले भनेः हामी भागेको होइनाैँ,छोरीको उपचार सम्पन्न भएपश्चात नेपाल फर्कन्छौँ

अमेरिका भागेको आरोपपछि धुर्मुस सुन्तलीले भनेः हामी भागेको होइनाैँ,छोरीको उपचार सम्पन्न भएपश्चात नेपाल फर्कन्छौँ

शुक्रवार, मंसिर २६ २०८२१०:३८
शुक्रवार, मंसिर २६ २०८२१०:३८
  • images

    काठमाडौँ । हास्य कलाकार धुर्मुस सुन्तली (सिताराम कट्टेल र कुञ्जना घिमिरे) अमेरिका भागेको आरोपपछि उनीहरुले आफूहरु नभागेको स्पष्ट पारेका छन् । केही दिन यता भरतपुरमा रंगशाला निर्माण गर्न नसकेपछि उनीहरु अमेरिका भागेको समाजारहरु बाहिरिएपछि उनीहरुले आफूहरु नभागेको स्पष्ट पारेका हुन् । 

    शुक्रबार बिहान उनीहरुले सार्वजनिक गरेकाे बकपत्रमा भनिएकाे छ, ‘हामी भागेको होइन । छोरीको उपचार सम्पन्न भएपश्चात नेपाल फर्किनेमा कुनै सन्देह छैन । छोरीको उपचारपश्चात हामी नेपाल फर्किएर अब कलाकारितामै रम्न चाहन्छौं । तर, रंगशालाको उल्झनबाट मुक्ति नपाउँदासम्म हामीले नेपालमा न काम गरेर खान सक्ने, न चैनसित निदाउन सक्ने अवस्था रह्यो । हाम्रो यति चाहना छ, कि रंगशालाको समस्या समाधान भएर हामीले नेपालमै कलाकारिता गरेर बाँच्न सक्ने अवस्था बनोस ।’

    यस्तै, उनीहरुले आफूहरु अमेरीका आएको विषयलाई लिएर भ्रामक प्रचारवाजी र हल्लाको व्यापार पनि शुरु भइसके उल्लेख गरेका छन् ।

    dhurumus chhori.jpg

    ‘जुन कुरा हामी सार्वजनिक गर्ने नै थियौँ । अहीले हामी नितान्त छोरीको उपचारमा केन्द्रित थियौँ । छोरीको उपचारको प्रक्रिया पनि शुरु भएको छ, हामी निरन्तर अपडेट पनि गर्नेछौ ।  न त हामीले अमेरीकामा कुनै ब्यवसाय शूरु गरेको छौ न त कुनै लगानी नै छ । भ्रमको खेती गर्नेलाई धन्यवाद भन्नुवाहेक हामीसंग अरु कुनै शब्द छैन । अतः भ्रामक प्रचारवाजी र हल्लाको पछि नलागी  दिनुहुन सबैलाई बिनम्र अनुरोध गर्दछौं, उनीहरुले सार्वजनिक गरिएको पत्रमा भनिएको छ ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend