२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ‘ब्रेन...

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ‘ब्रेन ट्युमर’को सफल शल्यक्रिया

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ‘ब्रेन ट्युमर’को सफल शल्यक्रिया

आइतवार, आषाढ २८ २०८३०४:०७
आइतवार, आषाढ २८ २०८३०४:०७
  • images

    काठमाडौँ । नेपाली चलचित्रकी चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको मस्तिष्कमा देखिएको ट्युमरको सफल शल्यक्रिया गरिएको छ।

    अस्पताल स्रोतका अनुसार स्वास्थ्य परीक्षणका क्रममा मस्तिष्कमा ट्युमर देखिएपछि काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको शल्यक्रिया गरिएको हो। वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तको नेतृत्वमा रहेको चिकित्सक टोलीले गत मंगलबार शल्यक्रिया सम्पन्न गरेको अस्पतालले जनाएको छ।

    शल्यक्रियाका क्रममा निकालिएको ट्युमर थप परीक्षण (बायोप्सी)का लागि प्रयोगशालामा पठाइएको छ। बायोप्सीको रिपोर्ट भने हालसम्म प्राप्त नभएको अस्पताल स्रोतले जनाएको छ।

    अस्पताल स्रोतका अनुसार शल्यक्रिया सफल भएको छ र निरौलाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। चिकित्सकको निगरानीमा उनको उपचार र स्वास्थ्य लाभको प्रक्रिया जारी छ।

    दीपाश्री निरौला नेपाली हास्य तथा चलचित्र क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आएकी छन्। अभिनय, निर्देशन र निर्माणका माध्यमबाट उनले नेपाली चलचित्र उद्योगमा महत्वपूर्ण योगदान पुर्‍याएकी छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend