काठमाडौँ । सुनसरीको व्यस्त बजारमा इटहरीमा एटिनडी सिनेमा खुलेको छ । एटिनडी पाथिभरा इन्टरटेनमेन्ट प्रालिले संचालनमा ल्याएको उक्त सिनेमाको नायक पल शाहले एक विशेष कार्यक्रमकोबिच उद्घाटन गरे ।
सेन्टर प्लाजा इटहरीमा खुलेको सो सिनेमामा वयस्क मानिस एकै पटक १२ जनाले मनोरंञ्जन गर्न सक्ने र बालबालिकाहरु भने १५ जनालेसम्मले एकै पटक खेलको अनुभव लिन सकनेछन् । टिकट शुल्क ३५० रहेको संचालक उमेश घोरासाइनेले बताए ।
“यसमा जंगल यात्राको अनुभव, रोबटको दुनियाँ, माछाको संसार, डरलाग्दो अनुभव, डाइनोसरको दुनियाँलगायतको विभिन्न १७ प्रकारका खेलहरुको मज्जा लिन सकिन्छ,” संचालक घोरासाइने भने। हरेक दिन बिहान ८ बजेदेखि राती ९ बजेसम्म संचालन हुने यस सिनेमा पाँच वर्षभन्दा माथीका बालबालिकाले हेर्न सक्नेछन् ।
कम्पनिले आगामी दिनमा पूर्वकै विर्तामोड, इलाममा समेत उक्त सिनेमा संचालनगर्ने तयारी गरिरहेको समेत घोरासाइले जानकारी दिए ।

