२०८३, आश्विन १९ गते

images
  • बिमा
  • सिटिजन लाइफले बोलायो साधारणसभा, के के...

सिटिजन लाइफले बोलायो साधारणसभा, के के छन् एजेण्डा ?

सिटिजन लाइफले बोलायो साधारणसभा, के के छन् एजेण्डा ?

आइतवार, मंसिर २८ २०८२१०:०२
आइतवार, मंसिर २८ २०८२१०:०२
  • images

    काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १८ गते शुक्रबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे ९ बजे नवौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको जनाएको हो । 

    साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ।

    त्यसैगरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिका सदस्यहरूको सेवा सुविधा सम्बन्धमा र कम्पनीबाट गरिएको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्वमा भएका खर्च अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ।

    कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ पुस ७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा कायम शेयरधनीहरू मात्रै उक्त सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend