काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.५० अंक (०.४७%) घटेर २५९४.८७ विन्दुमा झरेको हो। सेन्सेटिभ इन्डेक्स पनि ०.१७% घटेर ४४५.५० विन्दुमा सीमित भएको छ।
आज ३३० स्क्रिप्टका १ करोड १२ लाख कित्ता सेयर करिब ४ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भयो। समूहगत रूपमा १३ मध्ये म्युचुअल फण्ड र बैंकिङ बाहेक सबै समूह घटे, जसमा हाइड्रोपावर ०.९३% ले सर्वाधिक गिरावट आयो।
कारोबारमा कुमारी बैंक (संस्थापक) अग्रस्थानमा रह्यो। स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयरमा अपर सर्किट लाग्दा सिटी होटलको सेयर मूल्य ६.२६% ले घट्यो।
बजार जानकारहरूका अनुसार सेयरबजार हाल साइडवेज ट्रेन्डमै रहेको र लगानीकर्तामा थप लगानी गर्ने मनोबल कमजोर देखिएको छ।

