२०८३, आश्विन १९ गते

images

झन् घट्यो बैंकहरुको ब्याजदर, कुनको कति ?

झन् घट्यो बैंकहरुको ब्याजदर, कुनको कति ?

सोमवार, मंसिर २९ २०८२०२:३४
सोमवार, मंसिर २९ २०८२०२:३४
  • images

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले पुस महिनाका लागि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। हालसम्म प्राप्त विवरणअनुसार अधिकांश वाणिज्य तथा विकास बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने केही बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

    यो समाचार तयार पार्दासम्म प्राप्त १८ वटा वाणिज्य बैंकको सूचनाअनुसार १४ वटा बैंकले पुसका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ वटा बैंकले स्थिर राखेका छन्।

    ब्याजदर घटाउने वाणिज्य बैंकहरूमा कृषि विकास बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, प्रभु बैंक, प्राइम बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक र नेपाल बैंक रहेका छन्।

    पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा कृषि विकास बैंकले ४.५५ प्रतिशत, कुमारी बैंकले ४.३३ प्रतिशत, एभरेष्ट बैंकले ४.७५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४.६ प्रतिशत, सानिमा बैंकले ४.७५ प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, प्राइम बैंकले ४.२५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.५५ प्रतिशत, हिमालयन बैंकले ४ प्रतिशत, नबिल बैंकले ४.५५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४.७५ प्रतिशत र नेपाल बैंकले ५.१० प्रतिशत ब्याजदर कायम गरेका छन्।

    यसअघि मंसिर महिनामा कृषि विकास बैंकले ४.७० प्रतिशत, कुमारी बैंकले ४.७१ प्रतिशत, एभरेष्ट बैंकले ५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५.५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४.७ प्रतिशत, सानिमा बैंकले ५ प्रतिशत, प्रभु बैंकले ४.९५ प्रतिशत, प्राइम बैंकले ४.७५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.८० प्रतिशत, हिमालयन बैंकले ५.५ प्रतिशत, नबिल बैंकले ४.७५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत र नेपाल बैंकले ५.२५ प्रतिशत ब्याजदर दिएका थिए।

    पुस महिनामा मंसिरकै ब्याजदरलाई निरन्तरता दिने वाणिज्य बैंकहरूमा सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र एनआईसी एसिया बैंक रहेका छन्। यी चारवटै बैंकले पुसमा पनि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ५ प्रतिशत ब्याजदर कायम गरेका छन्।

    यता राष्ट्रियस्तरका विकास बैंकहरूले पनि पुसका लागि ब्याजदर घटाएका छन्। ब्याजदर घटाउने विकास बैंकहरूमा मुक्तिनाथ, लुम्बिनी, कामना सेवा, सांग्रिला र गरिमा विकास बैंक रहेका छन्। पुसका लागि व्यक्तिगत मुद्दति निक्षेपमा मुक्तिनाथ र लुम्बिनी विकास बैंकले ५.५ प्रतिशत तथा कामना सेवा, सांग्रिला र गरिमा विकास बैंकले ५.५५ प्रतिशत ब्याजदर कायम गरेका छन्। मंसिरमा भने मुक्तिनाथले ५.६५ प्रतिशत तथा लुम्बिनी, कामना सेवा, सांग्रिला र गरिमाले ५.६४ प्रतिशत ब्याजदर दिएका थिए।

    महालक्ष्मी विकास बैंकले भने पुसमा पनि मंसिरकै ब्याजदरलाई निरन्तरता दिएको छ। बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ५.८० प्रतिशत ब्याजदर कायम गरेको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend