२०८३, भाद्र ४ गते

images
  • बैंक बित्त
  • ज्योति विकास बैंकका कर्मचारीमाथि गरिएको दुर्व्यवहारको...

ज्योति विकास बैंकका कर्मचारीमाथि गरिएको दुर्व्यवहारको सिबिफिनद्वारा भर्त्सना

ज्योति विकास बैंकका कर्मचारीमाथि गरिएको दुर्व्यवहारको सिबिफिनद्वारा भर्त्सना

images
सोमवार, मंसिर २९ २०८२०४:४२
सोमवार, मंसिर २९ २०८२०४:४२
  • काठमाडौँ । सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीमाथि भएको दुर्व्यवहारको बैंक तथा वित्तीय संस्था परिसंघ ९सिबिफिन०ले भर्त्सना गरेको छ ।

    स्वयं ऋणीकै कर्जाको किस्ता उठाउन गएका बैंकका कर्मचारीलाई स्थानीय तहका जिम्मेवार अधिकारीहरुकै जत्थाले नियोजित रुपमा घण्टौसम्म कब्जामा लिइ गरिएको लज्जास्पद, घृणित एवं पशुवत व्यवहार र हिंस्रक आक्रमणको सिबिफिनले घोर भत्र्सना गरेको सोमबार जारी गरेको एक प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

    यस्तो आपराधिक घटनालगत्तै स्थानीय सुरक्षा निकायले जाहेरीबिना नै तत्काल अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा उल्टै पीडितको जाहेरीप्रति बेवास्ता गरेको पनि सिविफिनले उल्लेख गरेको छ । उक्त घट्नालाई प्रहरीले दर्ता नगरेको र मिलापत्रका लागि दबाब दिएको कार्यप्रति समेत सिबिफिन कडा आपत्ति प्रकट गरेको छ ।

    निहीत स्वार्थपूर्तिका लागि बैंक तथा वित्तीय संस्था जस्ता अत्यन्तै संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादति र कर्तव्यनिष्ठ कर्मचारीहरुको जीवनमा गम्भीर मनोवैज्ञानिक असर पार्ने गरी घटाइएको पनि सिबिफिनको दाबी छ ।

    यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारबाही गर्नसमेत नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष जोडदार माग गरेको सिबिफिन वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता राजेश उपाध्यायले जारी गरेको एक प्रेस बैंकका कर्मचारीहरुमाथि गरिएको यस्तो निकृष्ट आक्रमण कर्मचारी र बैंकिङ क्षेत्रमाथिको मात्र नभई स्वयं नेपाल सरकारमाथिकै आक्रमण भएको भन्दै सिबफिनले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    लाखौँलाख ग्राहकहरुलाई अन्तर्राष्ट्रियस्तरको बैंकिङ सेवा प्रवाह गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुको साख, गरिमा, विश्वसनीयता वा सम्पत्तिमा हानि नोक्सानी पुर्‍याउने काम यस्तो घटनाबाट भएको पनि उल्लेख गरिएको छ ।

    बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, अफवाह फैलाउने, आम जनतामा भ्रम सृजना गर्ने, कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने र कर्मचारीहरुलाई भौतिक आक्रमण गर्ने, मानमर्दन गर्ने कार्य नगर्न सिबिफिनले आग्रह गरेको छ ।

    बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई आफ्नो कर्तव्यपालनमा असुरक्षित एवं असमर्थ बनाउनेलगायत प्रचलित कानूनबाट बर्जित क्रियाकलापहरुले प्रश्रय पाइरहेको प्रति नेपाल सरकार तथा मातहतका निकायहरुको गम्भीर ध्यानाकर्षण गराएको पनि सिबिफिनको भनाइ छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend