काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ।
बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभांश ९कर सहित० विरतण गर्ने निर्णय गरेको हो।
यो निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।

