काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेको छ। बजारमा उकालो लाग्दा अधिकांश कम्पनीको शेयर मूल्य बढेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेर २६१९.९९ बिन्दुमा कायम भएको छ। आज ३२५ कम्पनीको ७८ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब २९ करोड ४२ लाख २७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज स्वस्तिक लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र एसवाई प्यानलको शेयरमा सकारात्मक सर्किट लागेको छ।
बजारमा सुधारका कारण लगानीकर्ताबीच उत्साह देखिएको र आगामी दिनमा कारोबारमा थप सक्रियता रहने अपेक्षा गरिएको छ।

