२०८३, आश्विन १९ गते

images

अध्यागमन कार्यालयका दुई अधिकृत हटाइए

अध्यागमन कार्यालयका दुई अधिकृत हटाइए

मंगलवार, पौष १ २०८२०५:०६
मंगलवार, पौष १ २०८२०५:०६
  • images

    काठमाडौं । भिजिट भिसामा विदेश जान लागेका यात्रुलाई बिनाकारण फिर्ता पठाएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका दुई जना अधिकृतलाई त्यहाँबाट हटाइएको छ। गृह मन्त्रालयका एक उच्च अधिकृतका अनुसार अध्यागमन अधिकृत हेमन्ती साउद र बबिता मरासिनीलाई विमानस्थल अध्यागमनबाट सरुवा गरिएको हो।

    मन्त्रालयका अनुसार मंसिर २३ गते गरिएको निर्णयअनुसार साउदलाई जिल्ला प्रशासन कार्यालय डडेलधुरा र मरासिनीलाई इलाका प्रशासन कार्यालय पाल्पा (रामपुर) मा पठाइएको छ।

    ती अधिकृतहरूले भिजिट भिसामा ओमान जान लागेका यात्रुलाई ‘श्रम स्वीकृति लिएर आउनु’ भन्दै फिर्ता पठाएको पाइएको थियो। छुट्टाछुट्टै यात्रु ‘अपलोड’ गरिएको सूचना प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमार्फत प्राप्त भएपछि अध्यागमन विभागले घटनाबारे आन्तरिक छानबिन गरेको थियो।

    छानबिनका क्रममा भिजिट भिसामा हुने तस्करी नियन्त्रणमा कडाइ भएपछि अनावश्यक झमेला खडा गरी यात्रुलाई अफलोड गरिएको पाइएको विभागको निष्कर्ष छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend