२०८३, आश्विन १९ गते

images

नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम ४ अर्ब नाघ्यो

नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम ४ अर्ब नाघ्यो

बुधवार, पौष २ २०८२०३:४५
बुधवार, पौष २ २०८२०३:४५
  • images

    काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढे पनि कारोबार रकममा भने केही सुधार देखिएको छ। यस दिन नेप्से सूचक ५.७० अंकले बढेर २६२५.७० अंकमा बन्द भएको छ।

    यो साता दैनिक करिब ३ अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुँदै आएको बजारमा बुधबार भने ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ। समूहगत रूपमा होटल, निर्जीवन बीमा र व्यापार समूहबाहेक अन्य सबै समूहका सूचक बढेका छन्।

    कम्पनीगत रूपमा बुधबार १४३ कम्पनीको सेयर मूल्य बढ्दा १०४ कम्पनीको घटेको छ।

    बढ्ने कम्पनीमध्ये स्वस्तिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ भने एसवाई प्यानलको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ।

    घट्ने कम्पनीतर्फ बाराही हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

    कारोबारका आधारमा यस दिन युनियन हाइड्रोपावर सबैभन्दा धेरै कारोबार हुने कम्पनी बनेको छ। कम्पनीको करिब २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend