काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। ।
कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ८.४२१ लाभांश घोषणा गरेको हो । जसमध्ये, ४.४२१ प्रतिशत नगद लाभांश (करसहित) र ४ प्रतिशत बोनस शेयर रहेको छ ।
उक्त लाभंश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

