२०८३, आश्विन १९ गते

images
  • समाचार
  • सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान...

सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

सोमवार, भाद्र २४ २०८११०:१७
सोमवार, भाद्र २४ २०८११०:१७
  • images

    काठमाडौँ । त्रिभुवन विमानस्थलबाट सोमबार बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ ।

    श्री एयरलाइनसको एसएचए १२१ विमान सुर्खेतका लागि उडेको थियो । तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् ।

    अवतरणका क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो । विमानमा ‘नोज ह्विल लक’ को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

    कम्पनीका बजार प्रबन्धक तथा प्रवक्ता अनिल मानन्धरले यात्रुलाई अर्को विमानबाट सुर्खेत पठाइसकिएको जानकारी दिए । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend