काठमाडौं । हाल नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा करिब ११ खर्ब ४१ अर्ब रुपैयाँ लगानीयोग्य तरलता रहेको छ। बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप हाल पौने ७६ खर्ब रुपैयाँ पुगेको छ भने यस अवधिमा उनीहरूले करिब ५६ खर्ब ७५ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन्।
बैंकहरूलाई कुल निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था छ। अहिले बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७४.०७ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।
बैंकहरूसँग उपलब्ध यस्तो लगानीयोग्य रकमले शेयर बजार, कर्जा तथा अन्य वित्तीय उत्पादनहरूमा लगानीका अवसर सिर्जना गर्नेछ। यसले बैंकहरूको तरलता प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोग पुग्ने र वित्तीय प्रणालीमा स्थिरता कायम राख्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

