२०८३, आश्विन १९ गते

images

नेप्से हरियोमा फर्कियो, कारोबार सुस्त

नेप्से हरियोमा फर्कियो, कारोबार सुस्त

मंगलवार, पौष ८ २०८२०३:२६
मंगलवार, पौष ८ २०८२०३:२६
  • images

    काठमाडौं ।  सेयर बजार मंगलबार सामान्य सुधारसहित बन्द भएको छ। मंगलबार नेप्से परिसूचक ३.२७ अंकले बढेर २५८४.४९ विन्दुमा पुगेको हो।

    सोमबार ३ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ३२८ स्टकको ९२ हजार ७४६ पटकको कारोबारबाट ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँ बराबरको ७६ लाख ६८ हजार कित्ता सेयर किनबेच भएको छ।

    सेयरमूल्य वृद्धितर्फ एसवाई प्यानल नेपाल अग्रस्थानमा रहँदै ७.०१ प्रतिशतले उकालो लागेको छ। त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब ६ प्रतिशतका दरले बढेको छ। घट्ने कम्पनीतर्फ भने सिटिजन लाइफ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक ५.९७ प्रतिशतले घटेको छ।

    कारोबार रकमका आधारमा पनि एसवाई प्यानल नेपाल नै शीर्ष स्थानमा रह्यो। सो कम्पनीको मंगलबार ३० करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसपछि सागर डिष्टिलरीको साढे ८ करोड रुपैयाँभन्दा बढी र सिईडिबी होल्डिङ्सको ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। १३ उपसमूहमध्ये मंगलबार ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूह घटेका छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend