२०८३, भाद्र १३ गते

images
  • अटो
  • नाडाको साधारणसभा स्थगित भएको हल्ला फैलिएपछि...

नाडाको साधारणसभा स्थगित भएको हल्ला फैलिएपछि नाडाले भन्योः निर्धारित मितिमा नै सञ्चालन, कुनै रोकावट छैन

नाडाको साधारणसभा स्थगित भएको हल्ला फैलिएपछि नाडाले भन्योः निर्धारित मितिमा नै सञ्चालन, कुनै रोकावट छैन

images
बुधवार, पौष ९ २०८२१०:४१
बुधवार, पौष ९ २०८२१०:४१
  • काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले तोकिएकै समयमा साधारणसभा हुने जनाएको छ । 

    पछिल्लो समय नाडाको साधारणसभा स्थगित भएको भन्दै हल्ला फैलिएपछि नाडाले मंगलबार एक विज्ञप्ती जारी गर्दै आगामी पुष ९ गते हुने साधारण सभा विधान तथा कानुनी प्रावधानअनुसार निर्धारित मितिमा नै सञ्चालन हुने जनाएको हो । 

    ‘हाल केही सञ्चार माध्यममा आएका समाचारका कारण उत्पन्न भ्रम पूर्ण रूपमा निराधार रहेको जानकारी गराइन्छ । नाडा लोकतान्त्रिक परम्परा, पारदर्शी नेतृत्व हस्तान्तरण र संस्थागत स्थायित्वप्रति पूर्ण प्रतिबद्ध छ र सबै सदस्यहरुलाई साधारण सभामा सक्रिय सहभागिताका लागि अनुरोध गर्दछ’, विज्ञप्तीमा भनिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend