काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको कमान्ड सम्हालेका कुलमान घिसिङले १०० दिनको कार्याकालमा १७ अर्बका ६६ ठेक्का तोडेका छन्। मन्त्री घिसिङले वर्षौँदेखि अलपत्र अवस्थामा रहेका करिब १७ अर्ब रुपैयाँ बराबरका ६६ वटा रुग्ण ठेक्का तोडेका हुन्।
सोमध्ये सडक–पुलसहित सडक विभागका ४० वटा, जलस्रोत तथा सिँचाइ विभागका २२ वटा र शहरी विकास मन्त्रालयका ४ वटा ठेक्का तोडिएको हो। विभिन्न आयोजनाहरु गरी करिब डेढ सय रुग्ण ठेक्का तोड्ने प्रक्रियामा छन्।
ठेक्का सम्झौताको समय ६० प्रतिशत बित्दा पनि १० प्रतिशत मात्र कार्य सम्पन्न भएको राष्ट्रिय गौरवको सुनकोशी मरिन बहुउद्देश्सीय आयोजनाकोसहित जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतका १४ अर्ब २२ करोड रुपैयाँ ठेक्का रकम भएका २२ वटा रुग्ण ठेक्का तोडिएका छन्।
सहरी विकास मन्त्रालयअन्तर्गतका ४ वटा रुग्ण ठेक्का तोडिएका छन्। यो कदम ठेक्का तोड्नमै सीमित छैन। तोडिएका आकयोजना फेरि अलपत्र नपार्ने स्पष्ट निर्णयसहित नयाँ ठेक्काको प्रक्रिया सुरु भइसकेको मन्त्री घिसिङले बताएका छन्।

