काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ। नेप्से परिसूचक आज १.३७ अंकले बढेर २,५८५ विन्दुमा कायम भएको छ।
आज १११ कम्पनीको शेयर मूल्य बढ्दा १४२ कम्पनीको शेयर मूल्य घटेको छ। दिनभरमा ३३४ कम्पनीका ७२ लाख २४ हजार ९१७ कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब २२ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
सबैभन्दा धेरै शेयर कारोबार एसवाई प्यानलमा भएको छ, जहाँ १४ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। मञ्जुश्री फाइनान्समा १२ करोड ७९ लाख र तेह्रथुम पावरमा ९ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
लगानीकर्ताका दृष्टिले हेर्दा आज इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ५.३२ प्रतिशत कमाएका छन्। त्यस्तै, नेशनल हाइड्रोपावरका लगानीकर्ताले ४.२६ प्रतिशत र हिम स्टार ऊर्जाका लगानीकर्ताले ४.१९ प्रतिशतको लाभ उठाएका छन्।
विपरीत, आज ग्रामिण विकास लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ४.२३ प्रतिशत घाटा बेहोरेका छन्।

