काठमाडौँ । लमजुङको मस्र्याङदी गाउँपालिकाले दशैँलाई लक्षित गर्दै कृषि तथा पशु हाटबजार सञ्चालन गर्न भएको छ । पालिकाले एक सूचना जारी गर्दै कृषि उत्पादन बढाऔं आत्मनिर्भर बनौँ । अर्गानिक उत्पादनमा जोड दिऔँ भन्ने नाराका साथ उक्त हाटबजार सञ्चालन गर्ने जनाएको हो ।
सूचना अनुसार आगामी असोज १७ गतेदेखि १९ गतेसम्म ३ दिन सञ्चालन हुने हाटबजारमा कृषि उत्पादन, हस्तकला, पशु जन्य उत्पादन लगायत विभिन्न स्थानीय उत्पादनहरुको बिक्री वितरण, खरिद तथा प्रदर्शनी गर्न सकिनेछ ।
पालिकाले पहिलाृ पटक दशैंलाई लक्षित गर्दै उक्त हाटबजार सञ्चालन गर्न लागिएको भन्दै आवश्यकताका आधारमा उक्त मेलालाई मासिक, साप्ताहिक तथा कुनै समयान्तरमा निरन्तरता दिन सकिने समेत सूचनामा उल्लेख गरेको छ ।

