२०८३, आश्विन २१ गते

images

डीडीसीको चाडपर्वलक्षित छुट भदाैँ १ गतेदेखि, कुन वस्तुमा कति छुट ?

डीडीसीको चाडपर्वलक्षित छुट भदाैँ १ गतेदेखि, कुन वस्तुमा कति छुट ?

मंगलवार, भाद्र २५ २०८१०३:२४
मंगलवार, भाद्र २५ २०८१०३:२४
  • images

    काठमाडौँ । आगामी भदाैँ १ गतेदेखि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले चाडपर्वलाई लक्षित गर्दै छुट दिने भएको छ । 

    कात्तिक मसान्तसम्म सञ्चालित उक्त छुट देशभर सञ्चालित काउन्टरमा पाइने जनाईएको छ । डीडीसीले सार्वजनिक गरेको नयाँ मूल्य अनुसार सबैभन्दा धेरै छुट याक चिज केकमा रहेको छ । यसअघि प्रति केजी १६ सय रुपैयाँमा बिक्री हुँदै आएको उक्त चिज चाडपर्वलाई लक्षित गर्दै १४ सय ६० रुपैयाँमा बिक्रीको अनुमति दिईएको छ ।

    यस्तै, कम्पनीले दही खरिदमा ५ देखि १५ रुपैयाँ छुट दिएको छ । डिडिसीको एक लिटरको सादा दहीलाई १५० रुपैयाँ मूल्य तोकिएकोमा चाडपर्व अवधिभर १३५ रुपैयाँमा उपलब्ध गराउनेछ । 

    थोक बिक्रेतालाई एक सय २० रुपैयाँ प्रतिलिटरमा उपलब्ध गराइरहेको दही चाडपर्व अवधिभर एक सय १० रुपैयाँमा बिक्री गरिने डिडिसीले जनाएको छ । त्यस्तै, आइसक्रिममा १० देखि ५० रुपैयाँ छुट राखिएको छ । १ लिटर आइसक्रिमको मूल्य ४४० रहेकोमा चाडपर्वमा ३९० रुपैयाँ तोकिने भएको छ । १ सय मिलिग्राम कपको आइसक्रिम ५० रुपैयाँ रहेकोमा ४० रुपैयाँमा पाइनेछ ।

    खुवा प्रतिकिलो ८३५ रुपैयाँ रहेकोमा ४० रुपैयाँ छुट दिएर ७९५ रुपैयाँमा उपलब्ध गराइने डिडिसीले जनाएको छ । पनिरमा १० देखि २० रुपैयाँसम्म छुट राखिएको छ । डिडिसीको पनिर आधा किलोको ४०५ रुपैयाँ रहेकोमा चाडपर्व अवधिभर ३८५ रुपैयाँमा बिक्री गरिने संस्थानले जनाएको छ ।

    चिजमा २० देखि ५० रुपैयाँ छुट राखिएको छ भने प्रतिबट्टा रसबरीमा ४० र लालमोहनमा २० रुपैयाँ छुट दिइएको छ । डिडिसीको रसबरी र लालमोहन छुटपछि समान २७० प्रतिबट्टा पर्नेछ ।

    त्यस्तै, प्रतिलिटर घिउ ११ सय ५० रुपैयाँ मूल्य रहेकोमा ७० रुपैयाँ छुट दिएर एक हजार ८० रुपैयाँमा बिक्री गरिने डिडिसीले जनाएको छ । गाईको घिउ आधा लिटरको  ६५० रुपैयाँ मूल्य रहेकोमा ४० रुपैयाँ छुट दिएर ६१० रुपैयाँ मूल्य तोकिने भएको छ ।

    यस्तो छ नयाँ मूल्यसूची

    0697963c-99c7-4724-8763-5a2da020df22.jfif

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend