काठमाडौँ । सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख रुपैयाँ योगदान गरेको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा श्रतिग्रस्त भौतिक संरचनाको पुननिर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सले उक्त रकम सहयोग गरेको हो ।
सोमबार उक्त रकम बराबरको चेक सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेशलाल श्रेष्ठले अर्थ मन्त्रालयमा अर्थमन्त्री श्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम सहयोग गरिएको जनाएको छ ।
सो अवसरमा अर्थ सचिव, राजस्व सचिव लगायत सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समेतको उपस्थिति रहेको थियो । भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्याउनु भएको योगदानका लागि नेपाल सरकारको तर्फबाट अर्थमन्त्री रामेश्वर खनालले सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडलाई हार्दिक धन्यवाद ज्ञापन गरे।
अर्थ मन्त्रालयका अनुसार उक्त रकम सहित सोमबारसम्म कोषमा १३ करोड ३५ लाख ६५ हजार जम्मा भएको छ ।

