२०८३, आश्विन १९ गते

images

२५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

२५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

मंगलवार, पौष २२ २०८२१२:१४
मंगलवार, पौष २२ २०८२१२:१४
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले पुन एक वर्ष अवधिका लागि २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र-२०८३ ‘घ’ उपकरण प्रयोग गरी ऋणपत्र निष्कासन गर्न लागेको हो । जसको बोलकबोल मंगलबार (पुस २२) मध्याह्न २ बजेसम्म अनलाइन प्रणालीमार्फत हुने छ भने, ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने बताइएको छ । 

    बैकका अनुसार यसको सावाँ आगामी २०८३ पुस २२ गते हुनेछ ।  ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने बताइएको छ । बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने बैंकले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend