२०८३, आश्विन १९ गते

images

बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

मंगलवार, पौष २२ २०८२१२:३३
मंगलवार, पौष २२ २०८२१२:३३
  • images

    काठमाडौं । मंगलबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउमा ३ हजार १ सय रुपैयाँको बढोत्तरी भएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने एक तोला सुनको कारोबार २ लाख ६५ हजार रुपैयाँमा भएको थियो । उक्त दिन सुनको भाउ ४ हजार ६ सय रुपैयाँले बढेको थियो ।

    यस्तै आज चाँदीको भाउ पनि १९५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भईरहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend