मन्त्रिपरिषद् बैठकका २२ निर्णयः पेट्रोलमा इथानोल मिश्रणको अनुमतिदेखि इजरायल सरकारबीच श्रम सम्झौता स्वीकृत गर्नेसम्म
काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२ स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त स्वीकृत दिएको हो ।
मंगलबार पत्रकार सम्मेलन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकको २२ निर्णयहरु सार्वजनिक गर्दै उक्त कुराको जानकारी गराएका हुन् ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू यसप्रकार छन् :
१) थाइल्याण्डमा आयोजना हुने Governance and Anticorruption : Methods and Tools Behind an Effective Corruption–Eradication Strategy विषयक तालिम कार्यक्रमको समापन सत्रमा २०८२ माघ ८ देखि १३ गतेसम्म सहभागी हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. हरि पौडेललाई स्वीकृति दिने,
२) राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, वोर्ड, समिति तथा सार्वजनिक संस्थान लगायत निकायका पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरुपता कायम गर्ने सम्बन्धी सुझाव कार्यदलबाट पेश भएको प्रतिवेदन कार्यान्वयनको लागि अर्थ मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने,
३) २०८२ पुस २९ र ३० गते बंगलादेशको ढाकामा आयोजना हुने नेपाल– बंगलादेश वाणिज्य सचिवस्तरको आठौं बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति दिने,
४) नेपाल प्रहरीको संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने,
५) राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने,
६) नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता स्वरूप एक पटकका लागि IOM Resilience Fund मा दश हजार अमेरिकी डलर आर्थिक सहयोग गर्ने,
७) समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिका सदस्य श्री महेश प्रसाद काफ्लेको राजीनामा स्वीकृत गर्ने र सोही समितिको रिक्त सदस्य पदमा श्री कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने,
८) २०८२ माघ ३ गते संयुक्त राज्य अमेरिकामा आयोजना हुने Role of NRNA Youth in the Development of Nepal Post Gen Z Revolution सम्बन्धी कार्यक्रममा सहभागी हुन माननीय युवा तथा खेलकुद मन्त्रीलाई स्वीकृति प्रदान गर्ने,
९) राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न युवा तथा खेलकुद मन्त्रालयका सचिवको अध्यक्षतामा श्री मिलन कुमार सरदार थारू र श्री अस्मिता ढुङ्गाना विज्ञ सदस्य रहेको समिति गठन गर्ने,
१०) United Nations Interim Security Force for Abyei (UNISFA) मिसन, अबेईमा Force Commander
को पदमा कार्यरत रहन नेपाली सेनाका रथी गणेश कुमार श्रेष्ठलाई स्वीकृति प्रदान गर्ने,
११) नेपाली सेना, सैनिक साधारण सेवाका दुईजना महासेनानीलाई सोही सेवाको सहायक रथी दर्जामा र चारजना प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा बढुवा गर्ने,
१२) २०८२ माघ १२ र १३ गते साउदी अरेबियाको रियादमा आयोजना हुने Ministerial Roundtable of the Global Labor Market Conference २०२६ मा सहभागी हुन माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई स्वीकृति प्रदान गर्ने,
१३) नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरू, २०५० को अनुसूची संशोधन गर्ने,
१४) महालेखापरीक्षकको कार्यालय र अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने,
१५) जेनजी शहीद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने गरी जेनजी शहीद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने,
१६) नेपाल सरकार र ओमान सरकारबिच हुने समझदारीपत्र स्वीकृत गर्ने,
१७) नेपाल सरकार र इजरायल सरकारबिच श्रम सम्झौता स्वीकृत गर्ने,
१८) नेपाल सरकार र Emergent Forest Finance Accelerator, Inc. बिच हुने Emission Reduction Purchase Agreement स्वीकृत गर्ने,
१९) पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२ स्वीकृत गर्ने,
२०) वन (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने,
२१) नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा श्री घनश्याम पराजुलीलाई बढुवा गर्ने,
२२) नायव महान्यायाधिवक्ता श्री सूर्यराज दाहालले उमेर हदको कारणबाट मिति २०८२।९।२२ देखि अनिवार्य अवकाश प्राप्त गर्नुहुने हुँदा उहाँलाई अवकाशको जानकारी दिने ।

