काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी असोज १३ गतेदेखि दसैंका लागि आवश्यक पर्ने सुकिला नोट वितरण गर्ने जनाएको छ ।
बैंकले बुधबार एक सूचना जारी गर्दौ असोज १३ गतेदेखि २२ गतेसम्म बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरु विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सटही गर्न सिकिने जनाएको हो ।
यस्तै, राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट समेत सुकिला नोट वितरण हुने भन्दै पायक पर्ने स्थानमा गएर सटही गर्न सकिने सूचनामा उल्लेख छ ।


