२०८३, आश्विन १९ गते

images

२५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

२५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

सोमवार, पौष २८ २०८२११:२८
सोमवार, पौष २८ २०८२११:२८
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बोलकबोलमार्फत २५ अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ। मौद्रिक व्यवस्थापन विभाग, काठमाडौंले प्रकाशित सूचनाअनुसार २०८२ पुस २८ गते एक वर्ष अवधिको लागि ऋणपत्रको बोलकबोल तथा निष्कासन गरिनेछ।

    सूचनाअनुसार जारी हुने उपकरणको नाम नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘छ’ रहेको छ। यसअन्तर्गत कुल २५ अर्ब रुपैयाँ आह्वान गरिएको हो। बोलकबोल २०८२ पुस २८ गते मध्याह्न २ बजेसम्म अनलाइन प्रणालीमार्फत मात्र गर्न सकिनेछ भने सोही दिन ऋणपत्र निष्कासन गरिनेछ। ऋणपत्रको व्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुने व्यवस्था गरिएको छ।

    यस ऋणपत्रको साँवा भुक्तानी मिति २०८३ पुस २८ गते तोकिएको छ भने व्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ। बोल गर्न सकिने न्यूनतम रकम ५ करोड रुपैयाँ तोकिएको छ भने अधिकतम रकम ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने व्यवस्था छ। उक्त ऋणपत्र नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ।

    ऋणपत्रको बोलकबोल व्याजदरमा गर्नुपर्नेछ र बहुव्याजदरमा समेत बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। सहभागी काउण्टरपार्टीले बोल गर्न चाहेको रकम र व्याजदर दशमलव पछिसम्म चार अंकसम्म उल्लेख गर्नुपर्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend