काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको पुष २५ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफबाट सेयरधनीहरुलाई कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
अब सोहीबमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेस गर्ने निर्णय पनि कम्पनीले गरेको छ।
यसअघि इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा शेयरधनिलाई ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

