काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ जना उपसचिव र ५७ जना शाखा अधिकृतको सरुवा गरेको छ।
मन्त्रालयले सोमबार विभिन्न निकायमा कार्यरत उपसचिव तथा शाखा अधिकृतहरूको सरुवा गरेको हो। सरुवा सूची अनुसार उनीहरूलाई मन्त्रालय, विभाग, स्थानीय तह तथा अन्य सरकारी निकायमा खटाइएको छ।

