२०८३, आश्विन १९ गते

images

नेप्से घट्दा पनि कारोबार रकम बढ्यो, साढे ६ अर्बको सेयर किनबेच

नेप्से घट्दा पनि कारोबार रकम बढ्यो, साढे ६ अर्बको सेयर किनबेच

सोमवार, पौष २८ २०८२०३:४५
सोमवार, पौष २८ २०८२०३:४५
  • images

    काठमाडौँ । सेयरबजारमा सोमबार नेप्से परिसूचक घटे पनि लगानीकर्ताले कारोबार भने बढाएका छन्। साताको पहिलो कारोबार दिन सोमबार नेप्से ५.५४ अंकले घटेर २६३५ विन्दुमा रोकिँदा ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    आइतबार सार्वजनिक बिदा परेकाले सोमबार साताको पहिलो कारोबार भएको हो। यसअघि गत साता अन्तिम कारोबार दिन नेप्से ४.५९ अंकले बढेको थियो भने ४ अर्ब ९० करोड रुपैयाँको सेयर किनबेच भएको थियो। सोको तुलनामा सोमबार लगानीकर्ताले कारोबार रकम उल्लेख्य रूपमा बढाएका छन्।

    सोमबार कुल १ करोड २३ लाख कित्ता सेयर किनबेच भएको छ। यस दिन ७५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७८ वटाको घटेको छ भने ७ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    सोमबार दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। एसवाई प्यानल र श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सेयर मूल्य १० प्रतिशतले बढ्दा लगानीकर्ताले क्रमशः १२५.८० रुपैयाँ र १०१.३० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्।

    यसबाहेक रसुवागढी हाइड्रोपावर र बुंगल हाइड्रोपावर लगायतका कम्पनीको सेयर मूल्य पनि अधिकतम ८.५३ प्रतिशतसम्म बढेको छ। यता केही कम्पनीको सेयरमा भने ४.२५ प्रतिशतसम्मको गिरावट देखिएको छ।

    कारोबार रकमका आधारमा सोमबार सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ। कम्पनीको ४२ करोड २२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। त्यसपछि राधी विद्युत् (३१ करोड), मञ्जुश्री फाइनान्स (२७ करोड), श्रीनगर एग्रिटेक (२५ करोड) र शिवम् सिमेन्ट (२४ करोड रुपैयाँ)को कारोबार भएको छ।

    उपसूचकतर्फ हेर्दा सोमबार विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा सामूहिक लगानी कोष समूह बढेका छन् भने बाँकी अधिकांश उपसूचक घटेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend