२०८३, आश्विन १९ गते

images

सानिमा बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच नेपाल पे कार्डका लागि सम्झौता

सानिमा बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच नेपाल पे कार्डका लागि सम्झौता

सोमवार, पौष २८ २०८२०५:४१
सोमवार, पौष २८ २०८२०५:४१
  • images

    काठमाडौँ ।  सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच नेशनल कार्ड स्वीच अन्तरगत डोमेस्टीक कार्ड स्कीम नेपाल पे कार्डको प्रमुख सदस्यताको लागि सम्झौता भएको छ । 

    उक्त सम्झौता पत्रानुसार नेशनल कार्ड स्वीचलाई डोमेस्टिक कार्ड प्रयोग भई गरिने कारोबारहरुको राउटिङ र सेटलमेन्टमा अन्तरसञ्चालन सुनिश्चितताका लागि केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा स्थापना गरिएको हो । 

    सम्झौता पत्रमा सानिमा बैंक लिमिटेडको तर्फबाट प्रमुख निक्षेप अधिकृत  हेमराज संज्याल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

    सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend