काठमाडौं । गृहमन्त्रालयले केही जिल्लामा सीडीओसहित ८ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार उपसिचव जुनु हमाल ढकाललाई जिल्ला प्रशासन कार्यलय डोल्पामा पदस्थापना गरिएको छ ।
यस्तै मुकेश कुमार केशरीलाई बझाङ, भीमराज कोइरालालाई पाँचथर, कैलाश बहादुर ठकुराठीलाई दैलेखको प्रमुख जिल्ला अधिकारी बनाएर सरुवा गरिएको छ । यस्तै नवराज बराललाई बाग्लुङमा, भविश्वर घिमिरेलाई कपिलवस्तु र कृष्णप्रसाद गैह्रेलाई धनुषा प्रशासनमा पदस्थापना गरिएको छ। जनकराज पन्तलाई गृहमन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।

