२०८३, आश्विन १९ गते

images

सामान्य बढ्यो शेयर बजार

सामान्य बढ्यो शेयर बजार

मंगलवार, पौष २९ २०८२०३:४८
मंगलवार, पौष २९ २०८२०३:४८
  • images

    काठमाडौं । शेयर बजार मंगलबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ४.९० अंकले बढेर २६३९.९१ को विन्दुमा बन्द भएको हो।

    यो दिन नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। आज जलविद्युत समूह सर्वाधिक १.०२ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक ०.४८ प्रतिशतले घटेका छन्। बजारमा आज ११८ कम्पनीको शेयरभाउ बढेको छ भने १३४ कम्पनीको घटेको छ। यो दिन ८ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ। आज बजारमा करिब ७ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।

    उच्च कारोबार भएका १० कम्पनी

    राधी विद्युतः ५४ करोड ६५ लाख रुपैयाँ
    एसवाई प्यानलः ३४ करोड ८१ लाख रुपैयाँ
    बुटवल पावरः २८ करोड १३ लाख रुपैयाँ
    श्रीनगर एग्रीटेकः २६ करोड ५७ लाख रुपैयाँ
    दोर्दीखोला जलविद्युतः २५ करोड ८२ लाख रुपैयाँ
    ङादी ग्रुप पावरः २३ करोड ६१ लाख रुपैयाँ
    शिवम सिमेन्टः १७ करोड १ लाख रुपैयाँ
    बन्दीपुर केबलकारः १६ करोड ९ लाख रुपैयाँ
    लुम्बिनी विकास बैंकः १५ करोड ८२ लाख रुपैयाँ
    सान्भी इनर्जीः १५ करोड ६ लाख रुपैयाँ

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend