२०८३, आश्विन १९ गते

images
  • बिमा
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २९औँ वार्षिक साधारण...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २९औँ वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २९औँ वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

मंगलवार, पौष २९ २०८२०४:०९
मंगलवार, पौष २९ २०८२०४:०९
  • images

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड ९सलिको० को आर्थिक वर्ष २०८१/०८२ को २९औँ वार्षिक साधारण सभा मंगलबार काठमाडौंको कालीकास्थित अमृतभोगमा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष मनोहर दास मुलको अध्यक्षतामा सम्पन्न सभाले शेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

    सभामा अध्यक्ष मुलले कम्पनीको समग्र व्यवसायिक अवस्था, उपलब्धि तथा भावी रणनीतिबारे शेयरधनीहरूलाई जानकारी गराएका थिए। उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीले ५० करोड २ लाख ४८ हजार ५२३ रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ८.५२ प्रतिशतले वृद्धि हो।

    त्यसैगरी, चालु आर्थिक वर्षमा कम्पनीले ३ अर्ब ६२ करोड ५१ लाख ५५ हजार २५५ रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको जनाएको छ। अघिल्लो वर्ष दाबी भुक्तानी २ अर्ब ८३ करोड ३२ लाख ९२ हजार ६१४ रुपैयाँ रहेको थियो।

    सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने निर्णय पनि गरेको छ।

    सभामा सहभागी शेयरधनीहरूले लिखित तथा मौखिक सुझाव राखेका थिए। कम्पनीले आगामी दिनमा पनि ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्दै बीमा व्यवसायलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend