काठमाडौं । सरकारले पुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकमा विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकका निर्णय सार्वजनिक गर्दै अन्तरिम सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले संघीय संसदको अधिवेशनदेखि मानव बेचबिखन विरुद्ध नीति, उच्च सरकारी पदमा सरुवा र अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागितासम्मका विषय समेटिएको जानकारी दिएका छन्।
मुख्य निर्णयहरू:
मानव बेचबिखन विरुद्ध राष्ट्रिय नीति, २०८२ स्वीकृत।
माघ ४ गते संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्ने निर्णय।
नेपाल न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ८ जना अधिकृतको सरुवा र द्वितीय श्रेणीका ८ जनालाई पदोन्नति।
इटली (रोम) मा ४९ औं सेसन अफ गभर्निङ काउन्सिल अफ इन्फा–एग्रिकल्चर डेभलपमेन्टमा कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. मदनप्रसाद परियारलाई सहभागी हुन स्वीकृति।
म्यानमार निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षकको रूपमा निर्वाचन आयुक्त डा। जानकीकुमारी तुलाधारको सहभागिता।
अमेरिकी डलर ३,५०,००० बराबरको आर्थिक सहयोगस् म्यानमारको महामुनी फैया पगौडा र गंगाघाट मन्दिर पुनःनिर्माण।
समस्या ग्रस्त संस्थारसङ्घको सम्पत्ति व्यवस्थापन समितिको सदस्य उद्ववप्रसाद तिमल्सेनाको राजीनामा स्वीकृत, मधुकर रानालाई नियुक्त।
नेपाली सेनाका तीन जना महासेनानीको सहायक रथीमा बढुवा र दुई जना महासेनानीको सरुवा।
मोरक्को (माराकेस) मा छैटौं ग्लोबल कन्फ्रेन्स अन द एलिमिनेसन अफ चाइल्ड लेबरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा। दिपक काफ्लेको सहभागिता।
स्पेन (म्याड्रिड) मा अन्तर्राष्ट्रिय पर्यटन मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको सहभागिता।
दलित हक अधिकार तथा विकाससम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृति।
मालपोत कार्यालय र नापी कार्यालयको संगठन संरचना तथा दरबन्दी स्वीकृत (इलाम, सोलुखुम्बु, बाजुरा, मुगु)।
गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारी (भक्तपुर) नियुक्त।
विश्व स्वास्थ्य सङ्गठनको १५९ औं सेसन अफ द एक्ज्युक्टिभ बोर्डमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाको सहभागिता।
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावल (बाजुरा) नियुक्त।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रमा नेपालको वार्षिक योगदान अमेरिकी डलर २,८३,५०३।
एफएटीएफसँग सम्बन्धित एएमएलरसीएफटी प्लेनरी बैठकमा अर्थ मन्त्रालयका सचिव (राजस्व) श्री भूपाल बरालको सहभागिता।
चीन (ल्हासा) मा नेपाल–चाइना कोर्डिनेसन मेकानिजम बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे नेतृत्वको प्रतिनिधिमण्डलको सहभागिता।
वित्तीय क्षेत्र विकास रणनीति (२०८२/८३–२०८६/८७) स्वीकृत।

