२०८३, आश्विन १९ गते

images
  • बिमा
  • नेशनल लाइफको ३८ औं वार्षिक साधारणसभा...

नेशनल लाइफको ३८ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

नेशनल लाइफको ३८ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

बुधवार, पौष ३० २०८२१२:११
बुधवार, पौष ३० २०८२१२:११
  • images

    काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ औं वार्षिक साधारण सभा आज पुस ३० गते सम्पन्न भएको छ। सभा कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको अध्यक्षतामा केन्द्रीय कार्यालय लाजिम्पाटमा सम्पन्न भएको हो।

    सभाले गत आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर दिने र कर तिर्न ०.६५७८९४७४ प्रतिशत नगद लाभांशबाट समायोजन गर्ने प्रस्ताव पारित गरेको छ।

    त्यस्तै सभाले गत आर्थि वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, बासलात, आय–ब्यय हिसाब, नाफा–नोक्सान हिसाबमाथि छलफल गरी पारित गरेको छ भने चालू आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति एवं पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ।

    सभाको एजेण्डामा कम्पनीको चुक्ता पूँजी वृद्धि गरी स्वीकृत प्रबन्धपत्रको दफा ८ (ग) तथा नियमावलीको नियम ४ (ग) थप संशोधन गर्ने र प्रबन्धपत्रको दफा ४ (५) को हालको लगानी सम्बन्धी ब्यवस्था थप परिमार्जन गर्ने प्रस्ताव पनि पारित भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend