२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • विश्वप्रकाशले पठाएको प्रस्तावका आठ सर्तः महाधिवेशनको...

विश्वप्रकाशले पठाएको प्रस्तावका आठ सर्तः महाधिवेशनको स्वामित्व लिनेदेखि देउवाको बर्हिगमनसम्म

विश्वप्रकाशले पठाएको प्रस्तावका आठ सर्तः महाधिवेशनको स्वामित्व लिनेदेखि देउवाको बर्हिगमनसम्म

बुधवार, पौष ३० २०८२०२:०१
बुधवार, पौष ३० २०८२०२:०१
  • images

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहमतिका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आठ बुँदे प्रस्ताव पठाएका छन्। 

    महामन्त्री शर्माले पठाएको प्रस्तावमा कार्यवाहक सभापति खड्काको कार्यकक्षमा संस्थापन पक्षका नेता छलफल गरिरहेका छन्। छलफलमा सहभागी एक नेताका अनुसार, महामन्त्री शर्माले पठाएको प्रस्तावमा आठ सर्त राखिएकका छन्।

    पहिलो, सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिकबाट बाहिरिनुपर्ने माग गरिएको छ।

    दोस्रो, विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने माग छ। 

    तेस्रो बुँदामा आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने सर्त राखिएको छ। यसमा कसलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भन्ने खुलाएको छैन। 

    चौथो, आगामी प्रतिनिधि सभाको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन गर्न नहुने सर्त राखिएको छ। 

    पाँचौँ बुँदामा आगामी चुनावमा टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने माग गरिएको छ। 

    छैटौँ, निर्वाचन केन्द्रित हुनका लागि पाँच सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने माग गरिएको छ। 

    सातौँ बुदामा आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि वितरण हुने टिकटमा सभापति देउवाले हस्ताक्षर गर्न नपाउने सर्त राखिएको छ। 

    आठौँ, बुँदामा विशेष महाधिवेशनका पेश भएका प्रतिवेदनहरूलाई कांग्रेसको पूँजीका रुपमा ग्रहण गर्नुपर्ने माग गरिएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend