२०८३, आश्विन १९ गते

images

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

सीएनएन खबर
बुधवार, पौष ३० २०८२०२:११
सीएनएन खबर
बुधवार, पौष ३० २०८२०२:११
  • images

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु गर्दैछ । 

    मालेको बागमती प्रदेश कमिटीले आगामी माघ ४ गते काठमाडौँमा जनप्रदर्शनसहित विशेष चुनावी अभियानको थालनी गर्न लागेको सो पार्टीका सचिव एवं प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिए । 

    यस्तै एमालेको संशोसधत विधानअनुसार गठित राजधानी विशेष कमिटीको घोषणा र चुनावी अभियान आगामी माघ २ गते काठमाडौँमा हुने पार्टीका सचिव एवं राजधानी विशेष कमिटीका इञ्चार्ज डा राजन भट्टराईले बताए ।

    एमालेको यही पुस २६ गते बसेको केन्द्रीय कमिटीको बैठकले आगामी फागुन २१ गते हुने तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशव्यापी रूपमा अभियान सुरु गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend