२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • टेलिकमले भन्यो,‘सेवाग्राहीको व्यक्तिगत विवरण अन्य व्यक्तिलाई...

टेलिकमले भन्यो,‘सेवाग्राहीको व्यक्तिगत विवरण अन्य व्यक्तिलाई उपलब्ध गराउँदैनौँ’

टेलिकमले भन्यो,‘सेवाग्राहीको व्यक्तिगत विवरण अन्य व्यक्तिलाई उपलब्ध गराउँदैनौँ’

बुधवार, पौष ३० २०८२०९:२५
बुधवार, पौष ३० २०८२०९:२५
  • images

    काठमाडौं । नेपाल टेलिकमले कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण अन्य व्यक्तिलाई उपलब्ध नगराइने स्पष्ट पारेको छ।

    हाल केही सेवा प्रदायकमार्फत ‘भीएएस’ (भ्यालु एडेड सर्भिस)को स्वीकृत व्यवसाय भन्दा फरक आपत्तिजनक प्रकृतिको सन्देश नेपाल टेलिकमका विभिन्न मोबाइल नम्बरहरूमा समेत प्रवाह भइरहेको र यस सम्बन्धमा सेवाग्राही तथा राज्यको जिम्मेवार निकायहरूबाट समेत गुनासो प्राप्त भएको जनाएको छ।

    टेलिकमले भनेको छ, ‘नेपाल टेलिकमले ‘भीएएस’ (भ्यालु एडेड सर्भिस) सेवा प्रदायकहरु मार्फत एसएमएसमा आधारित विभिन्न प्रकारका सन्देशहरू सेवाग्राहीहरुलाई पठाउने व्यवस्था रहेको छ। सम्बन्धित भीएएस सेवा प्रदायकहरूले सेवाग्राहीहरूको आवश्यकता बमोजिमको सन्देश पठाउने र आवश्यक नियन्त्रण कार्य गर्दै आएका छन्। यसका लागि नेपाल टेलिकमले कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण उपलब्ध गराउने गरेको छैन।’

    सम्बन्धित भीएएस सेवा प्रदायकलाई विभिन्न प्रकारका जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्‍याउने प्रकृतिका सन्देश प्रवाह नगर्न सचेत गराइएको कम्पनीले जनाएको छ।

    आगामी दिनमा समेत यस प्रकारका सन्देश सर्वसाधारणको नम्बरमा प्रवाह नगर्न तथा नियन्त्रण गर्न सबै भीएएस सेवा प्रदायकहरूलाई निर्देशन दिइएको स्पष्ट पार्दै ‍टेलिकमले यस प्रकारका कार्य पुनः दोहोर्‍याएमा सम्झौताको प्रावधान बमोजिम दुई पक्षबीचको सम्झौता नै रद्द गर्न सकिने जनाएको छ।

    नेपाल टेलिकम सेवाग्राहीको मोबाइल नम्बर तथा अन्य विवरणहरुको गोपनियताप्रति सदैव संवेदनशील रहेको र आगामी दिनमा समेत गोपनियताको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend