काठमाडौँ । विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चयन भएका गगन थापा नेतृत्वको कार्यसमितिले वैधानिकता पाएपछि शेरबहादुर देउवा समूहले विघटित कार्यसमितिको बैठक बोलाएको छ।
कांग्रेस मुख्यालय सानेपामा आज बिहान ८ बजे बस्ने बैठकमा अबको रणनीतिबारे छलफल गर्न देउवा समूहको बैठक बस्न लागेको हो।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य एवं सातवटै प्रदेश कार्यसमितिका सभापतिलाई अनिवार्य उपस्थिति हुन अनुरोध गरिएको छ।
आयोगको निर्णयलाई अस्वीकार गर्दै देउवा समूहले कानुनी लडाइँ लड्ने उद्घोष गरेको छ भने सभापति थापाले सबैलाई एकताबद्ध अपिल गरेका छन्।

