२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • गगन थापाको सभापतित्वमा बसेको कांग्रेस कार्यसमिति...

गगन थापाको सभापतित्वमा बसेको कांग्रेस कार्यसमिति बैठकले गरेका ६ निर्णय

गगन थापाको सभापतित्वमा बसेको कांग्रेस कार्यसमिति बैठकले गरेका ६ निर्णय

शनिवार, माघ ३ २०८२०५:३२
शनिवार, माघ ३ २०८२०५:३२
  • images

    काठमाडौं ।  नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठकका ६ निर्णय सार्वजनिक गरेको छ । शनिबार सभापति गगन थापाको सभापतित्वमा बसेको बैठकका ६ निर्णय सार्वजनिक गरिएका हुन् । 

    बैठकले निर्वाचन आयोगको पछिल्लो निर्णयलाई स्वागत गर्दै पार्टी एकता, आगामी निर्वाचन र पूर्वसभापति शेरबहादुर देउवाको भूमिका लगायतका विषयमा निर्णय गरेको छ।

    काँग्रेसले निर्वाचन आयोगको निर्णयलाई कसैको हारजित नभई विधि र लोकतन्त्रको विजयको रूपमा व्याख्या गरेको बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

    बैठकले देउवाले लामो समयदेखि पार्टी नेतृत्वमा रहेर पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरेको छ। साथै, देउवाबाट आगामी दिनमा अभिभावकीय भूमिका प्राप्त हुने विश्वास समेत बैठकले व्यक्त गरेको छ।

    काँग्रेसले अब उप्रान्त कुनै पनि अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। बैठकले मूल्य र मान्यतामा अडिग रहँदै संविधानको रक्षा र नवयुवाको आकांक्षालाई सम्बोधन गर्ने निर्णय गरेको छ।

    बैठकले फागुन २१ गते हुने निर्वाचनमा नवीन ऊर्जा र पूर्ण एकताका साथ सहभागी हुन सबै तहका समिति र भ्रातृ संस्थाहरूलाई आह्वान गरेको छ। यसलाई ‘रूपान्तरण, एकता र विजयको नयाँ अध्याय’ भन्दै विभिन्न कारणले पार्टीबाट निष्क्रिय रहेका वा पार्टी छाडेका सबैलाई पुनः जोडिन आग्रह गरिएको छ।

    आयोगले शुक्रबार दोस्रो विशेष महाधिवेशनका निर्णयलाई वैधानिकता दिएपछि बसेको यो बैठकले परिवर्तनमा साथ दिने सबैप्रति आभार व्यक्त गरेको प्रवक्ता चालिसेले जानकारी दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend